×

काठमाडौं-पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ।तथापि नेपालको धेरै स्थानमा अझै वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेल बताउँछन्।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक समेत रहेका उनी पश्चिमी वायुको प्रभाव नदेखिए पनि सोमबार  र यो हप्ताभरि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताउँछन्।त्यसो त मौसम पूर्वानुमान महाशाखाले पनि देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

जसका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।आज कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मंगलबार कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।त्यस्तै मौसम सम्बन्धी जानकार उज्ज्वल उपाध्याय मनसुनी बादलको क्षीण बन्दै गएको बताउँछन्।उनले बुधबारसम्म ठूलो वर्षाको सम्भावना नरहेको बताए।

कास्की, लम्जुङ, तनहुँ, म्याग्दी, स्याङ्जा र काठमाडौं, काभ्रे, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा धेरै वर्षाले भू—भाग ओसिलो बनेका कारण दिनभरिको चर्को घामले हुने वाष्पीकरणले पानी पार्ने बादल बन्ने सम्भावना रहेको बताउँछन्।जसका कारण सीमित तथा सानो क्षेत्रस कास्कीको लुम्ले, काठमाडौं उपत्यकाको शिवपुरी, कपन, गोदावरी जस्ता ठाउँमा साँझपख वर्षा हुने सम्भावना केही दिन रहने उनले बताएका छन्।

यस्तो वर्षा विनाशकारी नहुने र केही समयको लागि मात्र हुने उनको भनाइ छ।उनले दसैं अवधिभरि ठूलो, विनाशकारी वर्षाको सम्भावना नरहेको बताएका छन्।मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु कमजोर हुदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको बताएको छ।

तपाईको प्रतिक्रिया