गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटका किसानहरुका लागि वित्तिय साक्षरता कार्यक्रम शनिवार सम्पन्न भएको छ । कुमारी बैंक लिमिटेड हर्कपुर शाखाको आयोजना तथा मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको सहकार्यमा सहकारी संस्थाका किसानहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा कुमारी बैंक हर्कपुर शाखाका प्रबन्धक दिपक गौतम र कुमारी बैंक बागमती प्रदेश कार्यालय भरतपुरका शमशेर बहादुर आलेले बैंक, बचत तथा ऋण रेमिट्यान्सको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।कार्यक्रममा मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ सहित सहकारी संस्थाका पदाधिकारी तथा किसानहरु ग्रि ७० जनाको सहभागिता रहेको थियो ।
वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले सर्बसाधारणहरुको विषयगत संबेदनशिलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।कुमारी बैंकका देशभर ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेको छ ।



उज्यालो खबर




