भरतपुर- अटोमोवाईल व्यवसायिहरुको हकहित, व्यवसाय प्रर्बधन तथा सुरक्षित व्यवसाय सञ्चालनको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दैै आईरहेको संस्था चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पो २०८१ हुने भएको छ ।
चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रदशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गर्न लागिएको चितवन अटोमोवाईल डिलर्स एसोशियशनका अध्यक्ष राजन पियाले जानकारी गराउनु भयो ।
समान पेशामा आवद्ध अटोमोवाईल व्यवसायीहरुको विचमा आपसि भाईचारा अभिवृद्धि गरि पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखि व्यवसायिक हक हितका लागि एक भएर आउने चुनौतीको सामाना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहने अध्यक्ष पियाले बताउनुभयो ।
काडाले अटो व्यवसायीहरुलाई एकिकृत गर्दै सडक दुर्घटना न्यूनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम, मोटरसाइकल र्याली, मोटर स्पोर्ट्स, यातायात व्यवस्थापन तथा मेला प्रर्दशनीका माध्यमवाट एउटा पृथक अस्तित्व र पहिचान बनाई विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।
एसी सहितको वातानुकुलित चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने मेलामा साना ठुला गरी एक्काइस वटा कार, जिप, मोटरसाइकल र स्कुटरको लगायतका सवारी साधानहरुको स्टल रहनेछन् । भने जिप र माइक्रोको करिव पाँच वटा स्टल र प्रदशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु रहने छन् ।
मेला अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईनेछ । मेलामा करिव चालिस हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको मेला अवधिमा गाडी किन्ने ग्राहकहरुलाई कम्पनीहरुबाट आर्कषक स्कीम तथा छुटको व्यवस्था समेत गरिएको छ । मेला अवधिभर गाडी बुकिङ गर्ने गाहकहरु मध्येवाट लक्कि ड्र मार्फत तिन जनालाई अर्कषक उपहारको व्यवस्था गरिने छ । मेलामा सवारी साधानका साथै बैंक तथा इन्स्योरेन्सका समेत स्टल रहने आयोजकले जनाएको छ ।



उज्यालो खबर




