×

गैँडाकोट – थारु महिलाहरुको पर्व जितियाका अवसरमा गैँडाकोट नगरपालिकामा सार्वजनिक विदा दिइएको छ । असौज ९ गते भोलि (बुधबार) परेको जितियाको अवसरमा नगरपालिकाभर सार्वजनिक विदा दिइएको हो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार गएको चैत्र २० गते बसेको कार्यपालिकाको बैठकले जितियामा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

गैँडाकोट लगायत नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ । थारू समुदायका महिलाले जितियामा नाचगान गर्दै मिठो–मसिनो खाएर पर्व मनाउने गर्दछन् । जितियामा खास गरी महिलाहरू झाम्टा नृत्य गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया