काठमाडौँ– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो।
प्रहरी उच्च स्रोतका अनुसार गृहको निर्देशनपछि लामिछानेलाई पक्राउ गर्न लागिएको हो। संसद्मा पेस भएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् निर्णय आएसँगै गृहमन्त्रालयले यसबारे आवश्यक कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो।
आजै सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पनि पक्राउ परिसकेका छन्। उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक पनि हुन्। त्यस्तै उनका साझेदार जीबी राई भने फरार छन्। लामिछाने तत्कालीन समयमा गोर्खा मिडिया नेटवर्कद्वारा सञ्चाचित ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्धक निर्देशक थिए। संसदीय छानबिन समितिले लामिछानेमाथि गोरखा मिडिया नेटवर्कको आएको रकम अपचलन गरेको पाइएको भन्दै कारबाहीको सिफारिस पनि गरेको छ।
हिमाल प्रेसबाट साभार गरिएको



उज्यालो खबर




