×

 

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर भेलाको उद्घाटन गरेका छन् ।भेला बुधबारसम्म चल्नेछ । पहिलो दिन आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । सोही प्रतिवेदनमाथि छलफल हुनेछ ।

सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन भने दोस्रो दिन बुधबार पेस हुनेछ नेताहरूले जनाएका छन् ।यसै भेलाबाट रास्वापाले राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय गर्नेछ ।भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधनलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।

भेलामा देशभरबाट १५०० बढी प्रतिनिधि सहभागी भएका छन् । निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजकरउपसंयोजक, प्रदेशको समितिरविभाग, केन्द्रीय समितिरविभागर आयोगहरूबाट प्रतिनिधित्व छ ।भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने रास्वपाले अपेक्षा राखेको छ ।

तपाईको प्रतिक्रिया