×

गैँडाकोट – नारायणी सामूदायिक वन उपभोत्ता समूह गैँडाकोट ६,७ र ९ को अध्यक्षमा नेत्रराज सापकोटा बिजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानको आज विहान सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा अनुसार सापकोटा अध्यक्ष पदमा बिजयी भएका हुन् ।

सापकोटाले अध्यक्ष पदमा अर्का उमेदवार उमाकुमारी पाण्डेलाई पराजित गरे । कुल खसेको ८५९ मतमध्ये सापकोटाले ४५० र पाण्डेले ३१८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।उपाध्यक्षमा धनपती सापकोटा बिजयी भएका छन्। धनपतीले उपाध्यक्षका प्रत्यासी मोतीलाल ढुंगानालाई ७ मतले हराएका हुन् । ३५६ मत ल्याएर उपाध्यक्षमा धनपती विजयी हुँदा मोतीलालले ३४९ मा चित्त बुझाए ।

त्यसैगरी कार्य समिति सचिवमा सिता गिरी बिजयी भएकी छिन् । उनले ३९० मत ल्याउदा सचिवका अर्का उमेदवार भद्रकली घर्ती मगरले ३४६ मत प्राप्त गरेकी छिन् ।कोषाध्यक्षमा ३८३ मत सहित बिमला मगर,सहसचविमा ३९३ मत सहित कुलप्रसाद सापकोटा र लेखा समिति संयोकजकमा ४०३ मत सहित लक्ष्मी चौधरी विजयी भएका छन् ।

त्यसैगरी लेखा समिति सदस्यमा दिपादेवी सापकोटा र चुडामणी सापकोटा विजयी भएका छन् । कार्यसमिति सदस्यहरुमा मिना नेपाली, दिल बहादुर श्रेष्ठ, रामकृष्ण राई, लक्ष्मी कुमाल, जोकमाया सुनारी, सितादेवी गौडेल, देवीकला सापकोटा, तारा भूसाल ,जिवन सापकोटा र रविलाल कंडेल विजयी भएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राप्रपा र जनमोर्चाको चुनावी गठबन्धनलाई भत्काउदै नेकपा एमालेको तर्फबाट अध्यक्षको उमेदवार बनेका नेत्रराज सापकोटाले अध्यक्ष पदमा बाजी मारेका हुन् ।

 

तपाईको प्रतिक्रिया