×

 

गैँडाकोट । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा भएको छ ।प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।

यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । कमला नराललाई इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटका प्रहरी निरीक्षक हस्त बहादुर सुनारलाई चितवनको रामनगरमा पठाइएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया