तनहुँ । तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि वर्षा भइरहेको छ ।
१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ ।

उज्यालो खबर