गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोट स्थित नारायणी नदीमा माछा मार्न गएका एक पुरुष नदीमा बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ घर भएका २९ वर्षका बिष्णु लामा (तामाङ) माछा मार्नेक्रममा नदीमा डुवेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
आज दिउसो २ वजे गैँडाकोट नगरपालिका वडा नं. ७ थुम्सीघाट स्थित नारायणी नदीमा थापेको बल्छी हेर्ने क्रममा उनि नदीमा डुवेर बेपत्ता भएका हुन । बिष्णुको नदी किनारबाट पाइन्ट र चप्पल भेटिएको छ ।
स्थानीयबासी र प्रहरीको टोलीले आज साँझसम्मै खोजीकार्य गरेपनि अवस्था पत्ता लाग्न सकेको छैन । नदीमा परेर बेपत्ता भएका बिष्णुका श्रीमती र २ छोराहरु छन् । घटनापछि परिवारमा चिन्ता छाएको छ ।



उज्यालो खबर




