×

गैँडाकोट – नवलपुरको गैँडाकोटमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १ बस्ने ४६ वर्षका सञ्जिव शाही कोठाभित्रै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।शाही केहि समयदेखि गैडाकोट २ स्थित नागरिक कलेज नजिकै स्थानीय परमानन्‍द कंडेलको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

स्थानीयहरुले बन्द रहेको कोठाबाट गन्ध आइरहेको भन्दै प्रहरीलाई दिउसो पौने २ वजे खबर गरेपछि प्रहरी निरिक्षक हस्तबहादुर सुनारको नेतृत्वमा गएको प्रहरीको टोलीले कोठाको ताला फोडेर हेर्दा शाही मृत अवस्थामा भेटिएका थिए ।मृतकको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया