×

 

गैँडाकोट- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको सन्दर्भ पारेर नेकपा एमाले गैँडाकोटले नगर पार्टी कार्यालय स्थापना गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोक (वडा कार्यालय सँगैको भवनमा) मा नगर पार्टी कार्यालयको उद्घाटन गरिएको हो । पार्टी कार्यालयको नेकपा एमालेका नेता कृष्ण घिमिरेले उद्घाटन गर्नुभयो । यसअघि नेकपा एमाले गैँडाकोट नगरकमिटीको कार्यालय विजयचोक नजिकै थियो ।

नेकपा एमाले गैँडाकोट नगर कमिटीका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षता तथा नेकपा एमालेका पाका नेता कृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका गैँडाकोटका ईन्चार्ज तथा प्रदेश सदस्य छत्रराज पौडेल र प्रदेश सदस्य गोपेन्द्रकेशरी न्यौपाने विशिष्ट अतिथी रहनुभएको थियो ।

पुष्पलालको स्मृति दिवशको अवसरमा एमाले नेताहरुले पुष्पलालको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै पुष्पलालले देखाएको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिए । नेताहरुले पुष्पलालले देखाएको बाटोमा अघि बढ्नसके मात्रै उनिप्रति सच्चा सम्मान हुनेभन्दै आपसी तिक्त्ततालाई मेट्दै एकहुनुपर्ने बताए ।

पार्टी कार्यालय उद्घाटन तथा पुष्पलाल स्मृति दिवशको सन्दर्भमा आयोजित कार्यक्रममा नेकपा एमालेका पाका नेता कृष्ण घिमिरे, प्रदेश सदस्यहरु छत्रराज पौडेल, गोपेन्द्रकेशरी न्यौपाने, जिल्ला उपाध्यक्ष यमुनाथ आचार्य , उपसचिव षडानन्द लामिछाने लगायतले बोल्नुभएको थियो । नेकपा एमाले गैडाकोट नगरका उपाध्यक्ष गोविन्द सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन र सहजिकरण पार्टी नगरसचिव भूमिश्वर भूसाल ( राजु) ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया