राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा सवार सवारी साधनमाथि आक्रमण भएको छ । आइतवार राती अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ती माविको पछाडी पट्टि मेयर लामाले आफै चलाएको सरकारी गाडीमा आक्रमण भएको हो ।
समुहमा आएका केहि व्यक्तिले लामाको बा २ झ ३६६६ सेतो स्कार्पियोमा आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडी पट्टिको सिसा फुटेको छ । मेयर लामालाइ कुनै भौतिक चोटपटक भने लागेको छैन । काम बिशेषले वडा नं २ को गड्यौली पुगेका लामा घर फर्कने क्रममा घटना घटेको हो ।
केहि समय अगाडी देखि लामालाइ जिल्ला सुरक्षा समितिले सुरक्षाको लागी एक जना पिएसओ समेत खटाएको छ । घटना घटेको केहि समयमै इलाका प्रहरी कार्यालय भण्डारा घटनास्थलमा पुगेको थियो । गाडी अहिले नगरपालिकाको प्रशासनीक भवनमा रहेको छ । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



उज्यालो खबर




