काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५ वटा डमी कम्पनीमार्फत करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ ।
सीआईबीका अनुसार भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६।८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो ।
यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालीमार्फत ७.५ केजी सुन तस्करी भएको पाइएको छ। ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी गरिएको थियो।
सुन तस्करी गर्नकै लागि यी कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ। सीआईबीका अनुसार गिरोहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेर भित्र्याएका छन्।
३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गर्ने तयारी भइरहेको छ। हाल २० जना पक्राउ छन् भने २५ जना फरार रहेको सीआईबीले जनाएको छ।पहिलो चरणको अनुसन्धानमा २५ जना पक्राउ परेकामा २४ जना थुनामा छन्।



उज्यालो खबर




