×

चितवन । चितवनको माडी नगरपालिकाले सरकारी पैसाको ब्यापक दुरुपयोग गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार माडी नगरपालिकाभित्र आर्थिक अनियमितता भएको देखिएको छ ।

महालेखाका अनुसार माडी नगरपालिकाको आर्थिक वर्ष २०७९।८० को अन्तिम लेखापरिक्षणको प्रतिवेदनमा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि १६ थान स्पोर्टस जुत्ता खरिद गरिएको छ । १६ थान जुत्ताका लागि नगरपालिकाले प्रतिजुत्ता ४ हजार एघार रुपैया ५० पैसा खर्च गरेको छ ।

जयश्री शिवम् सप्लार्यससँग जुत्ता खरिद गरिएको भन्दै महालेखाले सरकारी सम्पत्ती ब्यक्तिगत प्रयोगका लागि खर्च गर्नु अनियमितता हुने बताएको छ । त्यसैगरी नगरपालिकाले एक आर्थिक वर्षमा २५ लाख भन्दा बढिको फर्निचर विना प्रतिष्पर्धा सोझै खरिद गरेको भन्दै प्रश्न उठाएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ अनुसार २० लाख भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य वा मालसमान एउटै व्यक्ति, फर्म कम्पनी वा संस्थाबाट खरिद गर्न नसकिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया