×

 

 

काठमाण्डौं । सरकारले भरतपुर अस्पतालमा एमबिबिएस कक्षा सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको बताउनु भएको छ ।

यसैगरी तीन सयभन्दा बढी शैया हुने संघीय अस्पतालमा एमबिबिएस, एक सय शैयाका अस्पतालमा नर्सिङ सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया