×

चितवन – चितवनको नारायणगढमा रहेको शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनको नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्ने भएको छ ।वैशाख २९ गते काठमान्डौबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभ चितवनमा जेठ ४ गते हुन लागेको राइटपाथ राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार बैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमान्डौ सहित बैशाख ३१ गते हेटौडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भैसकेको छ । जेठ ३ गते हेटौडा र जेठ ४ गते भरतपुरमा ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको पौडेलले बताउनुभयो ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको पनि व्यवस्था रहेको राइटपाथले जनाएको छ ।यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपौयाँमै गर्न सकिने छ ।कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पु¥याउने उहाँको विश्वास थियो ।विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीका लागि यो कार्यक्रम लाभदायी हुने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया