काठमाडौँ । सरकारले ठूलो संख्यामा सहसचिवको सरुवा तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट सदर हुने गरी पाँच दर्जन बढी सहसचिवको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो ।
नौ जना पदस्थापनसहित पुगनपुग दर्जन जति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिवको पदस्थापन हुँदैछ भने संघीय तथा प्रदेश मन्त्रालयका सहसचिवहरूको अदली बदली गरिँदै छ ।
प्राप्त जानकारी अनुसार आधा दर्जन बढी सहसचिवहरू गृह मन्त्रालयतिर जाँदै छन् भने चार जना सहसचिव बाहिरिँदै छन् । एक–दुई जना सहसचिव अर्थ मन्त्रालयमा पनि पस्ने भएका छन् भने दुई जना जति सहसचिव परराष्ट्र मन्त्रालय इन्ट्रि हुने सम्भावना उच्च रहेको उच्च स्रोत बताउँछ ।ठुला तथा मालदार भनिएका अड्डामा जान केही सहसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पटाइँदै छ ।
कैयन् पटक करेक्सन भएको यो सूची निर्णय भएर आउन्जेलसम्म अझै फेरबदल हुन सक्ने स्रोतको दाबी छ । पछिल्लो समय सरुवा भद्रगोल बन्दै गएको छ । त्यसैमाथि सहसचिवको सरुवा त सबैभन्दा जटिल र कठिन बनाइएको छ । जसले निजामतीतन्त्रलाई नै विकृत बनाउनुका साथै बार्गेनिङसमेत बढाएको छ । जुन गलत हो ।



उज्यालो खबर




