काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले पनि मिटर ब्याज लिइरहेको बताएका छन् ।लोकान्तरको इकोनोमिक डिबेटमा सहभागी ओलीले हरेक तीन महिना ब्याजलाई सावाँ बनाउने बैंकहरुको काम पनि मिटर ब्याज भएको बताए ।
उनले प्रश्न गरे, ‘१० लाख लिएर ३० लाख दिनुपर्ने मिटर ब्याज हो कि होइन ?’मिटर ब्याजलाई तराई, मधेश, पहाड आदिमा मात्र नहेरेर बैंकमा पनि हेर्नुपर्ने ओलीले बताए ।बैंक पैसा दिने र ब्याज लिने साहु मात्र हुन नहुनेमा उनले जोड दिए । रकम लिएपछि अधिकतम कतिसम्म लिन पाउने भन्ने मापदण्ड हुनुपर्ने ओलीको भनाइ छ ।



उज्यालो खबर




