×

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो खुसियालीमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।

२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो । सो निर्णय अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको वसन्तपुरबाट सरकारी कामकाजको भाषा शुभारम्भ गर्दैछन् ।बागमती प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री गंगानारायणि श्रेष्ठले २४ वैशाखपछि बागमती प्रदेशभरका सरकारी कार्यालयको साइन बोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषा प्रयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया