×

चितवन- चितवनको भरतपुर महानगरपालिका-१९ का वडाध्यक्ष प्रकाश तामाङलाई मष्तिस्कघात भएको छ । उहाँलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि शनिवार अपरान्ह काठमाडौं लगिएको छ ।

बिहान १० बजे तामाङलाई मष्तिस्कघात भएको र चितवन मेडिकल कलेजमा उपचारपश्चत थप उपचारका लागि काठमाडौं लगिएको नेकपा ९एमाले० चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्ड हस्पिटल लगिएको छ । तामाङ नेकपा एमाले का तर्फबाट भरतपुर महानगरपालिका १९ को वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया