×

 

विराटनगर । शनिवार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट रातीसम्ममा मतपेटिका आइपुगेका छन् ।राती बिहानको २ बजे राति सम्म ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल ९सिटी हलमा० मतगणनाको तयारी भएको छ ।हिजोबाटै मतगणनाको तयारी भए पनि अबेरसम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ । इलाममा १ लाख १५ हजार ८८९ मतदाता थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया