चितवन । चितवनको भरतपुर महानगरपालिका–१० हाकिमचोकबाट एक बालक सम्पर्कविहिन छन् ।रौतहट सन्तपुर नगरपालिका–८ मेवा स्थायी घर भई भरतपुरको हाकिमचोक बस्दै आएका १३ वर्षीय सुवास पटेल पाँच दिनदेखि बेपत्ता भएका हुन् ।
उनी वैशाख ९ गते साँझ ८ बजेदेखि सम्पर्क विहिन भई हराइरहेको हुँदा निजलाई देख्ने जो कोहीले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।सम्पर्क विहिन भएका बालकको वर्ण गँहुगोरो, उचाई ४ फिट र तौल ३० किलो रहेको छ । उनको कपाल कालो, मोटो शरिर भएको र उनले रातो टिसर्ट, कालो ज्याकेट र कालो पाइन्ट लगाएको प्रहरीले बताएको छ ।
उक्त हुलियाको बालकलाई देख्नेले नजिकैको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको फोन नं. ९८५५०९०४२२, ९८५५०९०१३३ मा फोन सम्पर्क गरि सहयोग गर्न अनुरोध गरिएको छ ।



उज्यालो खबर




