काठमाडौँ- स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । हिजो २ सयले घटेको सुनको मुल्यले आज (शुक्रबार) यो वर्षको अन्तिम दिन पुनः १४ सयले बढेर नयाँ रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजारमा कारोवार भइरहेको छ । छापावाला सुन हिजो(बिहिबार) एक लाख ३६ हजार छ सयमा कारोवार हुँदा बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको थियो ।
२०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो । यो सँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ ।यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ ।



उज्यालो खबर




