×

गैँडाकोट । भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक विदा दिइएको सरकारले जनाएको छ ।

गृहमन्त्रालयले आज एक सूचना जारी गरि देशभर सार्वजनिक विदा दिइएको उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (बर्त) बसिसकेको र बुधबार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि सिफारिस समेत गरेका थिए ।

सरकारले यस अघि नै आगामी वर्ष २०८१ सालका लागि सार्वजनिक विदा दिने निर्णय गर्दा इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । सम्बन्धित समुदायको सिफारिस गरेको दिनमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिदैँ आएको छ ।

तपाईको प्रतिक्रिया