×

गैंडाकोट – लमजुङ जिल्लाबाट बसाइसराइ गरि गैंडाकोट नगरभित्र रहेका लमजुङ्गे हरुको भेलाले लक्ष्मी प्रसाद सोतिको अध्यक्षतामा १७ सदस्यीय “लमजुङ गैंडाकोट सम्पर्क समाज” गठन गरेको छ ।

समितिमा उपाध्यक्षमा दिपक रावत, सचिवमा रामकृष्ण कोइराला,कोषाध्यक्षमा दुर्गा कोइराला र सहसचिवमा पुष्कर भट्टराई रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइरालाले “लमजुङ गैंडाकोट सम्पर्क समाज”ले समाजमा सद्भाव विस्तार र पुराना सांस्कृतिक परम्परा अपनत्वको विकासको लागि काम गर्नुपर्ने बताउनुभयो ।

नगरभेला कार्यक्रममा प्राचिनकालदेखि खेलिँदै आएको छेलो हान्ने प्रतियोगिता र परम्परामा आधारित सांस्कृतिक प्रस्तुति समेत राखिएको थियोे । कार्यक्रममा दिपक रावत, लक्ष्मीप्रसाद दवाडी, माधव प्रसाद कोइराला, होमराज गौतम, मुरारी कोइराला लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया