काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मन्त्रिपरिषद बैठक बोलाएका छन्।प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।
सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो। यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ।
मन्त्रिपरिषद बैठकले यस विषयमा निर्णय लिने बताइएको छ।सुन तस्करीसम्बन्धी अनुसन्धानमा गम्भीर त्रुटि देखिएको भन्दै आयोगले बज्राचार्यलाई कारबाहीको सिफारिस गरेको छ।माघ १७ गते जाँचबुझ आयोगले बज्राचार्यलाई सोधपुछको लागि बोलाएको थियो।



उज्यालो खबर




