×

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ।खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ।नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। खेल रद्द भएपछि नेपाल र हङकङले एकरएक अंक बाँढेका थिए।

मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो। यसअघि पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।मंगलबार पपुवा न्युगिनीलाई पराजित गरेको खेलमा कुशल भुर्तेलले ५९ र सन्दिप जोराले ५६ बनाएका थिए। भूर्तेलले चार विकेट लिएका थिए।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

तपाईको प्रतिक्रिया