×

 

जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर जुगल घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् । आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको हो ।महतोको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ ।घटनाबारे थप अनुसन्धान गरिरहेको सर्लाहीका प्रहरी उपरीक्षक दयानिधि दहालले बताए ।

तपाईको प्रतिक्रिया