बद्री अर्याल
चितवन । चितवनमा २० हजार माछाका भूरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुर स्थित मिलिजुली चोकमा वेवारिसे अवस्थामा भेटिएका २० हजार माछाका भुरा नष्ट गरिएको हो । ती माछाका भूराहरु भारतबाट अवैध तरिकाले ल्याएको आशंका गरिएको छ ।
अपरान्ह ४ वजे वडा प्रहरी कार्यालय नारायणगढलाई वेवारिसे अवस्थामा माछा रहेको भन्ने सूचना पाएपछि प्रहरी निरीक्षक बसन्त पाण्डेको नेतृत्वमा गएको प्रहरीको टोलीले अवैध माछा बरामद गरेको हो ।
बरामद गरिएका माछालाई आजै पशु क्वारेन्टाईनका प्रतिनिधी, वडा सदस्य र पत्रकारको रोहबारमा आजै नष्ट गरिएको छ । बरामद गरि नष्ट गरिएका माछाको बजारमुल्य तीनलाख रुपैया बराबरको रहेको छ ।



उज्यालो खबर




