×

काठमाडौं  । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ।बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।

‘अध्यावधिक गराउन निवेदन आएको थियो। त्यसमा राजनीतिक दल सम्बन्धी ऐन अनुसार अयोग्य पाइएको हुँदा अध्यावधिक नगर्ने र पुरानै कामय गर्ने निर्णय भएको छ,’ उनले भने।नाउपाले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो। महाधिवेशनको निर्णयअनुसार केन्द्रीय समिति अद्यावधिक गर्न आयोगमा पठाइएको थियो।

आयोगले महाधिवेशनबाट रेशम नेतृत्वमा चयन कार्यसमितिलाई स्वीकार गरेन भने श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई निरन्तरता दिएको छ।विवरण अद्यावधिक गराउन निवेदन दिएसँगै त्यसविरूद्ध दुई वटा उजुरी समेत परेको थियो। त्यस उजुरीपछि आयोगले रेशम चौधरी र नाउपासँग कर्तव्‍य ज्यान कसुरमा दोषी भएर र राष्ट्रपतिबाट माफी पाएका व्यक्तिले कसुर नै नगरेको भन्न मिल्छ भनेर प्रश्न सोधेको थियो।

तपाईको प्रतिक्रिया