×

चितवन । चितवनको भरतपुरबाट एक बालक बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ७ मा रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ बर्षिय छात्र निकेश बराल बेपत्ता भएका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. ६ गितानगरमा ठुलोबुवाको घरमा बस्दै आएका बालक शनिवार दिउसो १ः ३५ वजेदेखि हराएका हुन् । विदाको दिनमा समेत टिउसन पढ्न आएका निकेश दिउसो १ः३५ वजे स्कुलको गेटबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको उनका ठुलोबुवा कमल बरालले उज्यालोलाई जानकारी दिए ।

बालक हराएको ९ घण्टा वितिसक्दा समेत उनको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको चितवन प्रहरीले जनाएको छ । बालकका आफन्तले निकेशको खोजतालसको माग गर्दै इलाका प्रहरी कार्यालय गितानगरमा निवेदन दिएका छन् । पोखरा महानगरपालिका वडा नं. १३ अर्वाबिजय घर भएका  निकेश गतवर्ष देखि भरतपुर स्थित ठुलोबुवाको घरमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया