चितवन । चितवनमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा खैरहनी नगरपालिका प्रथम भएको छ ।जिल्लाका सात वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहले संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिक गरेकामा खैरहनी प्रथम भएको हो । राप्ती नगरपालिकाले भने स्वमूल्यांकनको नतिजा निकालेको छैन ।
संस्थागत क्षमता स्वमूल्यांकनमा प्रथम भएको खैरहनीले ९८.५ प्रतिशत अंक पाएको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्ने गर्छन् ।
संस्थागत क्षमता स्वमूल्यांकनमा रत्ननगर नगरपालिका दोस्रो भएको छ । रत्ननगरले आफुलाई संस्थागत क्षमता स्वमूल्यांकनमा ९८ प्रतिशत अंक दिएको छ ।
कालिका नगरपालिकाले आफुलाई ९१.५ प्रतिशत दिएको छ भने भरतपुर महानगरपालिकाले स्वमूल्यांकनमा ८७.२५ प्रतिशत दिएको छ । माडी नगरपालिकाले ७४.२५ प्रतिशत र इच्छाकामना गाउँपालिकाले ८२ प्रतिशत अंक ल्याएका छन् ।



उज्यालो खबर




