नवलपुर । पार्टी नेतृत्व प्रति असन्तुष्टी जनाउदै आम जनता पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा सर्लाही जिल्लाको सिगो कमिटीले राजिनामा दिएका छन् ।
पार्टी अध्यक्षले परिवारवाद, नाताबाद र जातिवादलाई प्रश्रय दिदै रौतहट जिल्लालाई मात्रै राजनितीको केन्द्र बनाउदै अन्य जिल्लालाई उपेक्षा गरेको भन्दै सर्लाही जिल्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य दिपक रानाभाट, सर्लाही जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाई, केन्द्रीय सदस्य नारायण कार्की सहित ४७ जनाले एकैसाथ राजिनामा दिएका हुन् ।
राजिनामा दिनेहरुमा मधेष प्रदेशका सदस्य सिताराम न्यौपाने, कालुमान लोप्चन र राजु लोप्चन रहेका छन् । त्यसैगरी सर्लाही जिल्ला उपाध्यक्ष सुरेश राय यादव, गंगा भण्डारी, सदस्यहरु हरि भण्डारी, चन्द्र बहादुर बोटे, सिताराम मण्डल लगायत रहेका छन् ।
केन्द्रीय सदस्य सहित सिगों जिल्ला कमिटीले राजिनामा गरेपछि सर्लाहीमा आम जनता पार्टीमा ठुलो धक्का लागेको छ । राजिनामा दिएकाहरुले अवको बाटो कता रोज्छन् भन्ने कुरालाई राजनैतिक बृतमा चासोपूर्वक हेरिएको छ ।


उज्यालो खबर