×

गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ६ को नारायणी नदी क्षेत्रमा किसानहरुले आफ्नो बारीमा लगाएको खाद्य बालीमा जंगली जनावरले पटक पटक क्षति पुराएपछि सोको नियन्त्रणका लागि मेसजाली लगाइएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ६ र ७ को सिमनामा पर्ने सृजनशिल आधारभूत विद्यालयदेखि नमूना बोटेटोल सम्मको ८५० मिटर क्षेत्रमा मेसजाली लगाइएको गैँडाकोट नगरपालिका वडा नं. ६ का अध्यक्ष सुभाष चापागाइले जानकारी दिए ।

हरेक वर्ष किसानहरुले लगाएको बालीमा जंगली जनाबरहरु ( गैँडा, मृग,चित्री) लगायतले क्षति पुराउदै आएपछि त्यसको नियन्त्रणका लागि मेसजाली लगाइएको चापागाइले बताए । उनका अनुसार गैँडाकोट नगरपालिका नगरकार्यपालिकाको बैठकबाट विनियोजन गरिएको १० लाख रुपैँयाको लागतमा मेसजाली लगाउने काम भएको हो ।

नारायणी नदी पार गरेर चितवन तर्फको ज्ञानेश्वर सामुदायिक वनक्षेत्रबाट गैँडाकोट प्रवेश गर्ने जंगली जनावरले हरेक वर्ष किसानहरुले लगाएको बालीमा क्षति पुराउदै आएका छन् ।

तपाईको प्रतिक्रिया