टोरण्टो ।पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ ।सिदार्थनगर नगरपालिका वडा नं.८ का एक युवालाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो ।
पढ्न आएका उनको पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाए पछी डिप्रेसनमा पर्दै गएका थिए । करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका उनी डिप्रेसनमा पर्दै गएको उनिसङै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए । शुरूवातमा उनको व्यबहार राम्रो भएपनि पछी उनी डिप्रेसनमा पर्दै गएको उनले बताए ।
उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसङै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे उनको उद्दार गरेका थिए । एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा परिवारलाई सम्पर्क गरि हिजो नेपाल पठाएका थिए । कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिए । उनको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए ।
क्यानडा प्रहरीले ती नेपाली विद्यार्थी लाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । उनि आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।
क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ– एनआरएनए क्यानडा
“क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयाबह छ । तपाई हामीले सोचेको भन्दा पनि धेरै“ , एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने । कलिला साना साना भाई बहिनिहरु जसले नेपाल हुदा खाना सम्म बनाउन परेन ।
एउटा ठुलो सपना बोकेर नेपाल छोडी आएका छन । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिव २५ लाख रुपैयाको ऋणको बोझ । बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाई”अर्को तिर कलेजको फी तिर्नुपर्ने दिन नजिकिदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाई बहिनि भान्जा भान्जी टाउको भरि येत्रो समस्या बोकेर हिड्दा मानसिक समस्या मा त छैनन् रु उनिहरु लाई खाना खायो कि खाएन , पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौ जागिर को तनाब नदिँउ, जागिर पाए पछि गर्छन उनि हरुलाई झनै पिर छ आफ्नो भबिष्यको, ज्ञवालीले भने ।
एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए । विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं, उनले बताए । क्यनडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमती छैन, हप्ताको २० घण्टामात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ उनले भने ।
काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने । करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केहि काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिवावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन ।
यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए । हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरुलाई नेपाली विद्यार्थीहरुको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उनले भने । बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको अध्यक्ष दुलालले बताए ।



उज्यालो खबर




