×

काठमाडौं । सेयर बजारमा रौनकता देखिएको छ । मंगलबार बजारमा उछाल आएको हो । आज बजार ५४.५४ अंकले वृद्धि भएको छ ।बजार परिसूचक पनि २१७५.१७ अंकको बिन्दुमा बढेर बन्द भएको छ । उक्त दिन सबै समूहरुमा हरियाली देखिएका छन् । कारोबार रकम पनि ८ अर्ब २ करोड ३८लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

विशेषगरि पछिल्लो ब्याजदरमा घट्दो ट्रेन्ड र महँगी घट्दै गएको छ । यता, अर्थतन्त्रका बाह्य क्षेत्र पनि बलियो बन्दै गएको छ । यसले पनि लगानीकर्तालाई थप उत्साहित बनाएको छ ।नेपाल नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुको लगानीको दायरा बढाएको छ । प्राधिकरणले सबै बिमा कम्पनीले कुल लगानीको १० प्रतिशतसम्म सूचीकृत  कम्पनीको सेयर किन्न सक्ने सुविधा दिएको छ ।

यस्तै, नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति थप लचिलो बनाउँदै आएको छ। यस्ता नीतिगत सुधारले पनि बजारमा सकरात्मक प्रभाव देखिएको हो । पछिल्लो समय बजारले नयाँ उचाई बनाउन तर्फ बढेको देखिन्छ । बढ्दो परिसूचकलाई कारोबार रकम पनि साथ दिएको छ ।

मंगलबार सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक सेयर कारोबार भएको । उक्त दिन कम्पनीको २८ करोड ३१ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।कारोबार रकमको दोस्रोमा स्थानमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।यस्तै, उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको पनि २१ करोड १३ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया