×

काठमाडौँ । साताको सुरुवात मै सेयर बजारमा रौनक आएको छ । अधिकांश बैंकहरुले माघमा लागु हुने गरी ब्याजदर घटाएसँगै सेयर बजारमा उत्साहको माहोल बनेको हो ।बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । बैंकहरुले समेत ब्याजदर घटाउने आशाले लगानीकर्ता मख्ख भएका छन् ।

पुस मसान्तमा सकिएको छ । यो बेला व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । अब माघ लागेसँगै बजारमा रौनक देखा पर्ने लगानीकर्ताको विश्वास रहेको छ ।नियामक समेत सेयर बजारलाई बाधा गर्ने नीति खुकुलो बनाउदै लैजान थाले पनि बजारमा सुधार देखा परी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज  ३१.६२ अकंले बढेर २१२०.६२ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।आइतबार ११ उपसूचकमा हरियाली लागेको छ ।

तपाईको प्रतिक्रिया