गैँडाकोट । नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले नवलपुरबाट चुनाव नलड्ने घोषणा गरेका छन् । नवलपुरको गैँडाकोटमा जेसीजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अव आफु नवलपुरबाट चुनाव नलड्ने घोषणा गरेका हुन् ।
चार/चार पटक यहाँबाट चुनाव लडे कोइरालाले भने – अव यहाँबाट को उठ्छ भन्ने चिन्ता मलाई छ । उनले आफु चुनाव नलडेपनि नवलपुर क्षेत्र नं. १ मा योग्य उमेदवार ल्याउने बताए । कोइरालाले पाँचौपटक चुनाव नलड्ने बताइरहदा दर्शक दिर्घामा बसेका काग्रेसका नेता कार्यकताले ताली बजाएका थिए ।



उज्यालो खबर




