चितवन । नेपालको सबैभन्दा ठुलो बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा एमडिआरटी बिजेता, सीओटी विजेता तथा ग्लोबल कन्फरेन्स २०२३ मा सहभागि भएका सदस्यहरुहरुलाई सम्मान तथा तालिम प्रदान गरेको हो ।
कम्पनीले यही पौष २३ गते काठमाडौंमा विभिन्न जिल्लाबाट सहभागी भएका ११६ जना एमडीआरटी तथा सिओटी क्वालिफाइड सदस्यहरुलाई भेला पारेर विशेष सम्मान तथा पुनर्ताजगी तालिम प्रदान गरेको नेपाल लाइफ इन्स्योरेन्सका सिइओ प्रविणरमण पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका सिइओ पराजुलीले देशको आर्थिक विषम परिस्थितिमा पनि नेपाल लाइफले १५ प्रतिशतले एमडिआरटीको संख्या बढाउन सफल भएकोे जानकारी दिनुभयो ।
नेपाल लाइफको आकार अनुसार एमडिआरटीको संख्या अझै सानो भएको उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो ’संस्थाको आकार, संस्थाको भ्यालु अनुसार अहिलेको संख्या एकदमै कम हो । त्यसैले आगामी वर्षमा एमडिआरटीको संख्या दुई गुणाले बढ्दै जानु पर्यो । यसको संख्या बढाउन तपाईहरुले अझै ठुलो भुमिका निर्वाह गर्न सक्नु पर्छ ।’
नारायणगढ शाखाका प्रमुख रमेश कुमार पौडेलले पहिलोपटक नारायणगढ शाखाबाट ग्लोबल कन्फरेन्स २०२३ मा सहभागि भएकोमा सम्मान तथा सम्बोधन गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले यस शाखाबाट पहिलोपटक सीओटीको प्रतिनिधित्व गर्नु शाखाको लागि ठुलो अवसर भएको जानकारी दिनुभयो ।

सिंगापुरमा २०२३ मा सम्पन्न ग्लोबल कन्फरेन्समा रामचन्द्र गौतम पहिलोपटक शाखाको प्रतिनिधीत्व गर्दै सहभागि हुनु, सीओटीमा मुक्तिनाथ काप्री छनौट हुनु र देशभरका शाखाहरुलाई उछिन्दै १० जना एमडीआरटी बन्न सक्नु नारायणगढ शाखाको लागि नयाँ इतिहास कायम भएको पौडेलको भनाई छ ।
बिमा अभिकर्ताहरुको अन्तराष्ट्रिय प्लेटर्फम ग्लोबल कन्फरेन्स २०२३ मा सहभागि भै सो कार्यक्रममा सिकेको सिप र ज्ञानलाई सो कार्यक्रममा प्रस्तुत गर्न पाउनु ठुलो अवसर भएको गौतमले बताउनुभयो । साथै सम्पूर्ण एमडीआरटी तथा सीओटी छनौट अभिकर्ताहरुलाई २०२४ जुन ९.१२ मा क्यानडामा सम्पन्न हुने कार्यक्रमा सहभागि हुनको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा अभिकर्ता उत्प्रेरणा कृष्णहरी बास्कोटाले दिनुभएको थियो । भने कार्यक्रम संचालन कम्पनी सचिव विनोद भुजेलले गर्नुभएको थियो । कम्पनीका नेशनल सेल्स हेड उमापति पोखेलले कार्यक्रमलाई भव्य र सभ्य बनाइदिएकोमा संचालक, कम्पनी, कार्यक्रम व्यवस्थापक र आयोजक टिमलाई बिशेष धन्यवाद दिनुभयो ।




उज्यालो खबर




