चितवन । चितवनमा डिप्लो ईन जिओमेट्रीकस इन्जिनियरिङ अध्ययन गर्दै आएकी एकछात्राले आत्महत्या गरेकी छिन् । भरतपुरमा रहेको नारायणी बहुप्राविधीक शिक्षालयमा दोस्रो बर्ष अध्ययन गर्दै आएकी रौतहट घर भएकी प्रीया कुमारी जैसवालले साेमबार दिउसाे आत्महत्या गरेकी हुन् ।
आत्महत्याको कारण अहिलेसम्म नखुलेपनि आइतबार सार्वजनिक भएको पहिलोवर्षको पहिलो खण्डको नतिजामा अनुर्तिण भएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । आइतबार सार्वजिनक भएको नतिजामा धैरै विद्यार्थीहरु अनुर्तिण भएका छन् ।



उज्यालो खबर




