×

चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको ३३औं वार्षिक साधारण सभा तथा १४औं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । पौष २४ र २५ गते चितवनको भरतपुरमा हुने साधारणसभा तथा अधिवेशनको तयारी पुरा भएको नेपाल पशुपन्छी औषधि व्यवसायी संघले जनाएको छ ।

आजको आवश्यकता, व्यवसाय प्रवर्द्धनमा व्यवसायिक ईमान्दारीता भन्ने मुल नाराका साथ संघको १४औं राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा हुन गईरहेको भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले जानकारी दिए ।
क्षेत्रपुरको दियालो फुडल्याण्ड प्रा.लि. मा भरतपुरका मेयर रेनु दाहालज्यूको प्रमुख आतिथ्यमा पौष २४–२५ गते आयोजना हुने १४औ राष्ट्रिय महाधिवेशन तथा ३३औं वार्षिक साधारण सभा नेपाल सरकार मातहतका निकाय, विभिन्न संघ सस्थाका प्रतिनिधी समेतको समेतको उपस्थिती रहने सापकोटाले बताए ।

कार्यक्रममा देशैभरीका ७ प्रदेश र २२ शाखाबाट आउने महाधिवेशन प्रधिनिधी, कम्पनी प्रतिनिधि, परिवेक्षक, सघ सस्था प्रतिनिधि एवं नियमनकारी निकायहरुबाट गरि करिव १००० को उपस्थिति रहनेछ ।संघमा हाल १५२३ सदस्य रहेका छन् । विधान बमोजिम ५ बराबर १ प्रतिनिधि रहने व्यवस्था अनुसार यस संघको १४ महाधिवेशन प्रतिनिधि संख्या ४८१ रहने, छन् । उक्त महाधिवेशनबाट १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, १ महिला सदस्य, ४ खुल्ला सदस्य र सातै प्रदेशबाट ७ जना, १ मनोनित सदस्य साथै निवर्तमान अध्यक्ष पदेन रहने गरी कुल २१ सदस्यीय कार्य समितिको आगामी २ वर्षे कार्यकालका लागी निर्वाचित हुने छन् ।उक्त राष्ट्रिय महाधिवेशनमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल औषधि पैठारीकर्ता संघ, नेपाल औषधि उत्पादक संघ, स्वदेशी तथा विदेशी औषधि कम्पनीका प्रतिनिधीहरु, पत्रकारहरु, सुरक्षा निकाय, स्वयं सेबक, परिवेक्षक लगायतका उल्लेखनीय सहभागीता रहने छ ।

आफ्नो कर्तव्य र अधिकार प्रति संगठित भै पशुपन्छी औषधि ब्यवसायीहरु माझ समयसापेक्ष बहस चली सरकारसंगको आवश्यक राय सुझावबाट व्यवसायीक हक हितलाई व्यवस्थित गर्दै, समस्या पहिचान गर्ने र समयमा नै समाधान गराउने उद्देश्यले मिति २०४७ साल पौष २४ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा यस संस्था नेपाल पशुपन्छी औषधि व्यवसायी संघ (Veterinary Chemist And Druggist Association Of Nepal – VECDAN) विधिवत दर्ता भएको हो ।नेपालमा हाल करिव २० वटा स्वदेशी कम्पनीले भेटेरीनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन गरी विक्रि वितरण गर्दै आईरहेका छन् भने करीव १४० को हाराहारीमा पैठारीकर्ताहरुले औषधि भ्याक्सिन तथा फिड सप्लिमेन्टसहरु पैठारी गरी बिक्री वितरण गर्दै आईरहेका छन् । भेटेरिनरी औषधि फिड सप्लिमेन्ट तथा औषधिजन्य पदार्थहरुको बजार वार्षिक करीव १३ अर्वको हाराहारीमा पुगीसकेको छ ।

मुलुक अहिले दग्ध, मासु र अण्डामा आत्मनिर्भर भईसकेको छ । यो व्यवसायले करिव ३ लाख मानिसहरुलाई प्रत्यक्ष र परोक्ष रोजगारीको अवसर प्रदान गरीरहेको छ । पशुपन्छी औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्टको कुल माग मध्ये करिव २०% मात्र स्वदेशी उत्पादनले धानेको छ भने बाँकी ८०% बिदेशबाट आयात हुने गरेको छ । मुलुक अहिले दग्ध, मासु, अण्डा, दाना र चल्लामा आत्मनिर्भर भईसकेको छ । नेपाल सरकारबाट निजी क्षेत्रको एकमात्र आत्मनिर्भर घोषणा भएको पोल्ट्री क्षेत्रमा करिब रु. १५० अर्बको लगानी रहेको, कुल ग्राहस्थ उत्पादनमा करिव ४ प्रतिशतको योगदान गरेको र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशतको योगदान रहेको रहेको छ ।

हाल पशुपन्छीको स्वास्थ्य उपचार पद्दतीमा चाहिने अत्यावश्यक तथा जिवनरंक्षक औषधि, एण्टीबायोटिक्स, सुईजन्य औषधि लगायतको चरम अभाव रहेकोमा त्यस्ता औषधिहरुका दर्ता तथा सहज गराउनका निमित्त महाधिवेशन मार्फत सार्थक पहल गरिने कार्यक्रम छ ।

 

तपाईको प्रतिक्रिया