चितवन । उद्योग बाणिज्य संघ चितवनको भोलि हुन लागेको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा पदमा उमेदवारी दिएका लोकप्रीय व्यवसायी चिरन्जिवी सुवेदीले व्यवसायीहरुको सद्भाव र हौसलाले आफु उत्साहित भएको बताउनु भएको छ । उहाँले अधिकासं मतदाताहरुको साथ आफुलाई रहेको समेत प्रष्ट पार्नुभयो ।
शनिबार सम्पन्न संघको ५७ औँ साधारणसभामा सहभागी मतदाता व्यवसायीहरुको साथ, सहयोग र हौसलाले आफुलाई उत्साहित बनाएको सुवेदीकोे भनाई छ । “मलाइ अधिकासं व्यवसायीहरुले सहयोग गर्ने बाचा दिनुभएको छ त्यो बाचाले निकै प्रफुल्लित बनाएको छ त्यतै मात्रै कुनै प्रकारको मानसिक दवाव समेत छैन, सुवेदीले भन्नुभयो।”
व्यवसायीहरुको हकहितका लागि आफुले काम गर्नको लागि सबैको सहमतीमा उमेदवारी दिएकाले पनि आफु साझा उमेदवार भएको उहाँको भनाई छ । संघको नयाँ नेतृत्वका लागि आइतबार विहानदेखि नया नेतृत्व चयनको लागि मतदान हुँदैछ ।



उज्यालो खबर




