×

गैँडाकोट । पेशागत बिमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढको पाँचौ अधिवेशनले विष्णुभक्त वाग्लेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद उपाध्यय, सचिवमा विष्णु प्रसाद पौडेल, कोषाध्यक्षमा यु कुमारी शर्मा र सहसचिवमा तोयानाथ अधिकारी चयन हुनुभएको निर्वाचन समितिका सचिव रामचन्द्र  गौतमले जानकारी दिनुभयो ।

कार्यसमिति सदस्यहरुमा मुक्तिनाथ काप्री, इन्दा कुमारी पौडेल, गीता चापागाई, सीता सुवेदी, लक्ष्मी कुंवर, भरत बहादुर अधिकारी प्रकाश आचार्य ,मधु सापकोटा रेग्मी, सरस्वती अधिकारी र शोभा डल्लाकोटी चयन हुनुभएको उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा अध्यक्ष लक्ष्मी कंडेलले सांगठनिक प्रतिवेदन, सचिव विष्णु प्रसाद पौडेल ज्यूले सचिवालय तथा सामाजिक क्रियाकलाप प्रतिवेदन र कोषाध्यक्ष द्वारा तयार पारिएको आर्थिक प्रतिवेदन उपाध्यक्ष विष्णु भक्त वाग्लेले प्रस्तुत गर्नुभएको थियो ।

शाखा समितिका अध्यक्ष लक्ष्मी कंडेलको अध्यक्षता तथा पेशागत बिमा अभिकर्तासंघ नेपाल, बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय समितिका प्रमुख सल्लाहकार केशरबहादुर गरम्जा, शाखाका सल्लाहकार हरिप्रसाद उपाध्याय, टाँडी शाखाका गोविन्दकृष्ण श्रेष्ठ लगायत अतिथिहरु रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया