×

काठमाडौं । लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार  आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया