×

चितवन । चितवन क्षेत्र नं.३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले देशको अवस्था आर्थिक संकटका कारण युवा पलायन हुनुपर्ने अबस्थाले गर्दा देश रित्तो भएको बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले आयोजना गरेको नबिनतम राप्रपा भूगोल केन्द्रित चियापान कार्यक्रम एवं पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

राजनीतिक दलका नेताहरु बिदेश भ्रमणमा जाने मात्र काम भएको तर देश र जनताका लागि परिणाम बिहिन भएको बताउँदै राष्ट्रबादी नेपालीहरु एक भएर लाग्नुपर्ने तर्क राख्नुभयो । सरकारमा नै बसेका पार्टीहरु सडकमा जाने भन्दै दिएको अभिव्यक्तिप्रती कटाक्ष गर्दै पूर्वमन्त्री पाण्डेले यस्तो अभिव्यक्तिले लाज लागेको बताउनुभयो ।

माडीमा बारम्बार जङ्गली जनावरको आतंकबाट नागरिकहरुले अकालमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै यसको लागि दीर्घकालीन समाधानका लागि रिउ करिडोरको व्यवस्थापन गराएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

आँफु सधैं माडीको समस्याप्रति चिन्तित रहेको बताउँदै आफ्नो कार्यकाल भित्र नै चितवन राष्ट्रिय निकुञ्जको बाटोलाई धुलोरहित बनाउन पहल गर्ने समेत प्रतिबद्धता जाहेर गर्नुभयो । यस्तै उहाँले भुकम्पबाट क्षती भइ मृत्यु वरण गरेका रुकुम र जाजरकोटका परिवार र घाइतेहरुको उद्वारमा लाग्न सरकारलाई अपिल समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया