काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन्। परराष्ट्रमन्त्री एनपी साउदले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।
प्रधानमन्त्रीको निमन्त्रणामा काठमाडौं आइपुगेका गुटेरेसले आजै राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेट गर्नेछन्।



उज्यालो खबर




