×

चितवन । चितवनमा भोलिदेखि सर्वसाधरणले नयाँ नोट सटही गर्न पाउने भएका छन् । राष्ट्रिय बाणिज्य बैंक भरतपुरले मंगलबार दशैका लागि नयाँ नोट सहटीको ब्यवस्था गरेको हो ।
विहान ११ वजेदेखि सर्वसाधरणले लाइनमा बसेर प्रतिव्यक्ति १८ हजार पाँचसय रुपैँया बराबरको नोट सटही गर्न सक्नेछन् ।
राष्ट्रिय बाणिज्य बैंक चौविसकोठी शाखाका प्रमुख सविनराज अधिकारीले भोलिदेखि विहिवार सम्म सर्वसाधरणका लागि नयाँ नोट साट्ने ब्यवस्था मिलाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया