×

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तीजपर्वका अवसरमा जिल्लामा भड्किला कार्यक्रम नर्गन नगराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्धारा जारी गरिएको विज्ञप्तिमा आफ्नो संस्कृति, परम्परा र सामाजिक रितिरिवाजलाई निरन्तरतथा दिने तथा सम्र्बद्धन गर्ने बाहेक अन्य खर्चिला एवंम् भड्लिा कार्यक्रम नर्गन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सामाजिक शिष्टाचार, नैतिकता र अनुसासन कायम गर्ने कार्यमा जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज, पेशागत संघसस्थाहरु, सञ्चारकर्मी तथा महिलासञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरुबाट सहयोगको अपेक्षा गरेको जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ –“यस कार्यालयको पूर्व स्वीकृती विना तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उदेश्यले भेला तथा महोत्सव आयोजना नर्गन आग्रह गरिन्छ ।” जिल्ला प्रशासनको सूचनाको बर्खिलाप हुनेगरि कार्य गरे गराएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने समेत उल्लेख छ ।

तपाईको प्रतिक्रिया