×

चितवन । भरतपुर महानगरपालिका वडा नं। २९ गाईघाट स्थित त्रिशुली नदीमा मुखधुने क्रममा नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । दिउँसो अन्दाजी ४ः३० बजेको समयमा वनभोज खान गएका उनीहरु बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नं। १०, सप्तगण्डकी चोकका ३० वर्षिय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षिय प्रविण श्रेष्ठ रहेका छन् । हाल उनीहरुको खोजी कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया